बंगलादेशबाट १७ नेपाली आज फर्कँदै

थप आठ सय नेपाली हवाई र स्थलमार्गबाट नेपाल आउँदै
साझाकुरा
२०८१ श्रावण ६, आईतवार १५:५८

काठमाडौं-बंगलादेशमा जारी हिंसात्मक आन्दोलनका कारण असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट काठमाडौं ल्याइने जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । विद्यार्थीका परिवारसँगको छलफलपछि उनीहरुलाई नेपाल फर्काउन लागिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीका लागि पनि परराष्ट्र मन्त्रालयले अनलाइनमार्फत फाराम भर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।यस्तै शनिबार साँझसम्म आठ सय नेपाली हवाई र स्थलमार्गबाट नेपाल आउँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले उनीहरुलाई नेपाल ल्याउन मन्त्रालय तथा ढाकास्थित नेपाली दूतावासले सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको जानकारी दिएकी छन् ।सबै नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा नेपाल ल्याउन सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*