अख्तियार हेटौंडाद्वारा घुस सहित लेखाअधिकृत पक्राउ

साझाकुरा
२०८१ श्रावण ८, मंगलवार १०:४५

हेटौंडा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले घुस रकमसहित एक लेखाअधिकृतलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखाअधिकृत अमृता कोइराला रहेकी छिन् ।

टोलीले उनलाई भरतपुर महानगरपालिका–४ कटहरचोकबाट सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।लेखाअधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा टोली परिचालित भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*