हेटौंडा–११ मा नेतृत्व विकास तालिम

साझाकुरा
२०८१ श्रावण ९, बुधबार ११:०१

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–११ मा नेतृत्व विकास तालिम सुरुभएको छ । ११ नम्बर वडास्थित सिमलटार टोल विकासमारहेको समूह, समुदायलाई लक्षितगरी तालिमको आयोजना गरिएको हो तालिम आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौं, हेटौंडा उपमहानगरपालिका एवम् फ्रेसवाटर एक्सन नेटवर्क साउथ एसिया, खानेपानी सरसफाइ तथा उपभोक्ता महासंघको संयुक्त आयोजनामा सुरु भएको हो ।

दिगो विकास लक्ष्य ६ हाँसिल गर्न दक्षिण एसियामा नागरिक सञ्जाललाई सवलीकरण गर्दै अधिकारका लागि अघि बढौं परियोजना अन्तरगत समूह व्यवस्थापन तथा नेतृत्व सीप विकास तालिम दिइएको लुमन्तिका कार्यक्रम संयोजक उद्घव भट्टराईले जानकारी दिए ।

राम डंगोलको सहजीकरणमा भइरहेको तालिममा सिमलटारका ४५ जना सहभागी रहेका छन् । तालिम भोलिसम्म संचालन हुनेछ । सिमलटार टोल विकास संस्थाका सादस्य छेगु गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, हेटौंडा–११ का वडासमन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, सुन्दर ढोका साथी सेवाका कैलाश गाउँपालिका कार्यक्रम संयोजक राम पार्की लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*