भण्डारी दम्पति घरभित्र मृत भेटिए, श्रीमतीको हत्या आशंका

साझाकुरा
२०८१ श्रावण १०, बिहीबार ११:४५

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–५, भैरव रोडको चिसापानीस्थित आफ्नै घरको कोठामा एक दम्पति मृत फेलापरेका छन् । श्रीमान् ६२ वर्षका केशव भण्डारी र श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी घरको एउटा कोठामा आज बुधवार अपरान्ह मृत फेलापरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।केशव पंखा झुण्डयाउने हुकमा नाइलनको डोरीको पासो लगाएको र अम्बिका भुईंमा रगताम्मे अवस्थामा फेला पारिएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपरका प्रवक्ता साहका अनुसार अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहार भएको पाइएको छ । पासो लगाएर झुण्डिएका केशवको कपडा र हातमा रगत लागेको प्रहरी निरीक्षक साहले जानकारी दिए । ‘घटनाअनुसार प्रारम्भिक अनुसन्धानले श्रीमतीको हत्या भएको देखिन्छ । श्रीमानको भने आत्महत्या जस्तो छ ।,’ साहले भने ।

घटनाको अनुसन्धान गर्न मकवानपुरका प्रहरीउपरीक्षक सीताराम रिजालको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ । घटना गम्भीर र जटिल प्रकृतिको देखिएकाले एपसी रिजालकै कमाण्डमा अनुसन्धान टोली खटिएको प्रवक्ता साहले बताए । हेटौंडा अस्पतालबाट फरेन्सिक ल्यावका चिकित्सक ल्याएर अनुसन्धान भइरहेको उनले बताए ।मृतक दम्पतीको एक छोरा, बुहारी र छोरी छन् । छोरा–बुहारी बाबुआमाको साथमा बस्दै आएको इन्स्पेक्टर साहले बताए । परिवारसँगको सोधपुछबाट मृतक केशवले विगत ३ महिनादेखि डिप्रेशनको औषधिसेवन गरिरहेको खुलेको उनले जानकारी दिए । अम्बिका भने सामान्य बिरामी भएपनि नियमित औषधिसेवननगरेको उनको भनाई छ । ‘घटना कसरी घट्न पुग्यो ? हत्या वा आत्महत्या ? भन्ने विषयमा पूर्णअनुसन्धान नभई भन्न सकिने अवस्था छैन ।,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*