यूनिलिभर लिमिटेडमा स्थानीयकोे धर्ना

साझाकुरा
२०८१ श्रावण १२, शनिबार ११:२५

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा रहेको यूनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा स्थानीयलाई प्राथामिकता नदिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।स्थानीयले योग्यता अनुसारको रोजगारी पाउनुपर्ने भन्दै विगत तीन दिनदेखि उद्योगको मुलगेटमा धर्ना दिदै आइरहेका छन् । उद्योगले सूचना जारी नगरी गुपचुप शैलीमा कर्मचारी तथा कामदार भर्ना गरेको स्थानीय युवा विजन लटौलाले बताए । ‘मेरो घरको आँगनमै यूनिलिभर उद्योग रहेको छ तर, उद्योगलाई कर्मचारी आवश्यकता परेको मैले थाहा पाउन सकिन, वडाबासीलाई थाहा दिइएन,’ लटौलाले भने।

कर्मचारी भर्नाको लागि आवेदन दिंदा आवेदन नै फिर्ता गरिदिएको भन्दै धर्नामा सहभागी भएका स्थानीय सुदीप कार्कीले गुनासो सुनाए । घनाबस्तीको बीचमा र पूर्वपश्चिम राजमार्गको किनारमै उद्योग छ । यही उद्योगको कारण खोलानाला, वायू प्रदुषण, खेतीयोग्य जमिनको उत्पादन क्षमतामा ह्रासदेखि उद्योगमा आउने मालबाहक ट्रक सडक किनारमा पार्किङ गर्दा सडक दुर्घटना बढ्दै गएको स्थानीयले बताएका छन् ।

स्थानीयले आफूहरुको माग पूरा नभए दैनिक उद्योगमा घेराउ गर्ने र उत्पादन समेत रोक्ने चेतावानी दिएका छन् । यसअघि उद्योगभित्र सञ्चालन गरिएको मेसिनबाट भूकम्पीय शक्ति उत्पन्न हुँदा उद्योग नजिकै रहेको स्थानीय घरहरुमा क्षति पुगेको उनीहरुले बताएका छन् । स्थानीयको आन्दोलनलाई सोही वडाका वडाअध्यक्ष ढलकबहादु थापाले पनि साथ दिएका छन् । थापाले स्थानीयको माग पूरा गर्न आफूले समन्वय गर्ने बताए ।

उद्यागले गर्नुपर्ने सामाजिक उत्तरदायित्वको काम प्रर्याप्त नदेखिएकोले स्थानीय प्रशासकहरुसँग बसेर छलफल गर्ने पनि अध्यक्ष थापाले बताए । यस विषयमा उद्योगका जिम्मेवार पदमा रहेका प्रतिनिधि तथा
कर्मचारीले कुनै प्रतिक्रिया नै दिन चाहेनन् । स्थानीयको मागको विषयमा उद्योगको आधिकारिक धारणा बाहिर आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*