अवैध गाँजासहित युवक पक्राउ

साझाकुरा
२०८१ श्रावण १४, सोमबार ११:५६

हेटौंडा-मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार बेलुका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–९, जैसिङबाट करिब ७० किलोग्राम लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ लावती बस्ने १९ वर्षीय साजन प्रजा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय ज्यामिरे नेवारपानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, बोरामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*