ई–रिक्सा चालकको गुनासो सम्बोधन गर्ने मन्त्री महर्जनको प्रतिबद्धता

साझाकुरा
२०८१ श्रावण १८, शुक्रबार ११:२३

हेटौंडा-बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जजनले ई–रिक्सा चालकको समस्याको विषय छलफल गरेका छन् ।बिहीबार मन्त्रालयमा हेटौंडाका ई–रिक्सा चालकले मन्त्री महर्जनसमक्ष सवारीचालक अनुमति पत्रसम्बन्धी समस्या लिएर गएका थिए । उनीहरुको समस्याको हल गर्न मन्त्रालय तत्पर रहेको मन्त्री महर्जनले आश्वासन दिए । विगतमा प्रयोग गर्दै आएको हस्तलिखित सवारीचालक अनुमतिपत्रमा सी वर्गको अनुमतिपत्रले टेम्पो र अटोरिक्सा चलाउन पाउने अनुमति रहेता पनि विगतको समयमा ई–रिक्साको समेत सोही अनुमतिपत्र दिईने व्यवस्था रहेकोमा हाल प्रयोगमा रहेको स्र्माट सवारीचालक अनुमतिपत्रमा भनेई–रिक्सा चलाउनका लागि सि १ वर्गको अनुमतिपत्र चाहिने व्यवस्था छ ।

सोही अनुसार सि वर्गको अनुमतिपत्र नहुँदा ट्राफिक प्रहरीले ई–रिक्सा चालकलाई चिट काट्ने तथा सवारी साधन समेत नियन्त्रणमा लिने गरेका र नयाँ अनुमतिपत्र लिनका लागि पुनः परीक्षा दिनुपर्ने समस्या भएको चालक तथा यातायात कम्पनीका सञ्चालकले गुनासोगरे । समस्याको विषयलाई लिएर मन्त्री महर्जनले यी समस्याको समाधान प्रदेश सरकारबाट मात्र सम्भव नहुने भन्दै संघीय
सरकारसँग समन्वय गरेर समस्याको समाधानमा तदारुकता देखाउने बताए ।

साथै ट्रायल पास गरेर नै चालक अनुमतिपत्र प्राप्त गरेकाले समस्याको समाधान नहुन्जेलसम्म सोहीे अनुमतिपत्रले सवारी चलाउन दिन र चिट नकाट्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरीनिरीक्षकलाई निर्देशन समेत दिए । मन्त्रालयमा भएको छलफलमा यातायत व्यवस्था कार्यालय हेटौंडाका कार्यालयप्रमुख तीर्थराज उपाध्याय, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरीनिरीक्षक केशव अधिकारी, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला, सरोकारवाला र ई–रिक्सा चालकको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*