हेटौंडामा स्कुटरको नयाँ सोरुम, छुट अफर

साझाकुरा
२०८१ श्रावण १८, शुक्रबार ११:३०

हेटौंडा- नेपालका लागि भेस्पा÷एप्रिला स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बिहीवारबाट हेटौंडा उपमहानगरपालिकामा नयाँ शोरुम जोशी अटोमोवाइल्स सञ्चालनमा ल्याएको छ ।हेटौंडा क्षेत्रमा बढ्दै गएको भेस्पा÷एप्रिला स्कुटरको माग र देशभर सेल्स, सर्भिस र स्पेयर्स पार्टस उपलब्ध गराउने उद्देश्यलेगरी नयाँ डिलरशीप सुरु गरिएको कम्पनीले जनाएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले सोरुम उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै प्रमुख लामाले व्यवसायको सफलताको शुभकामना व्यक्त गरिन् । बजारमा स्कुटरको माग प्रयोग बढ्दोले महिलाले सवारी साधन प्रयोगमा समेत वृद्धि भइरहेको बताइन् ।

जोशी अटो मोवाइल्सको नयाँ शाखाबाट ग्राहकले विश्वास्तरीय भेस्पा÷एप्रिला स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस् साथै एक्सचेन्ज र फाइनान्स सुविधा समेत रहेको जोशी अटो मोवाइल्सका निर्देशक नीता श्रेष्ठले बताइन् । नयाँ सोरुमबाट ग्राहकले सजिलै भेस्पा÷एप्रिला स्कुटर खरिद गर्नुको साथै सर्भिस र स्पेयर पार्टसहरु सजिलै सेवा प्रदान गरिने निर्देशक श्रेष्ठले बताइन् । ‘ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न हामी प्रतिवद्ध छौं,’ श्रेष्ठले भनिन् ।

उद्घाटन अन्तर्गत यो हप्ता हेटौंडा शोरुमबाट ग्राहक एवम् उपभोक्ताले भेस्पा÷एप्रिला खरिद तथा एक्सचेन्ज गर्दा उपभोक्ताले १० हजार नगद छुटका साथै भेस्पा÷एप्रिला ब्रान्डेड हेल्मेट र कीरिङ प्राप्त गर्ने जनाइएको छ । सोरुम उट्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाट लगायत सदस्यहरु, सेवाग्राही तथा शुभचिन्तकको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*