सिस्नेरी सुमो दुर्घटना, १० जना घाइते
हेटौंडा-मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार बिहान भएको सुमो दुर्घटनामा दुई नेपालीसहित आठ भारतीय नागरिक घाइते भएका छन् । घाइते १० जनाको पहिचान खुलेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सवारी दुर्घटनामा सुमोचालक पर्सा वीरगन्ज महानगरपालिका घरभई ललितपुर बल्खु बस्ने ३३ वर्षीय जाकिर मिया र बारा आदर्श कोतुवाला गाउँपालिका–७ का औसान अन्सारी घाइते भए ।
दुर्घटनामा काठमाडौं महानगरपालिका–१४ कालीमाटी स्थित एउटै गार्मेन्टमा काम गर्ने भारतीय नागरिक ५० वर्षीया सोभरती अन्सारी, ३० वर्षीय सुनिल राम, ३५ वर्षीय प्रदीप राम, ४४ वर्षीय मोहम्मद मुस्लिम, २४ वर्षीय अनिल राम घाइते भएको प्रहरीले जनाएको छ ।सुमो दुर्घटनामा भारत घरभई हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटार बस्ने ४० वर्षीय सन्तोष रन्जन, ६१ वर्षीय सतेन, २० वर्षीय अफरोज आलम घाइते भएका हुन् । घाइतेहरुको टाउको, शरीरका विभिन्न भाग, घाटी, छाती, खुट्टा, कुम, हातमा चोट लागेको छ ।
उनीहरुको काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीनिरीक्षक प्रकाश साहले जानकारी दिए । शनिबार बिहान ७ः२० बजेको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।







