रातोमाटेबाट गाँजासहित भारतीय युवक पक्राउ

साझाकुरा
२०८१ श्रावण २१, सोमबार ११:५२

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।बीआर ०१ बीजे ८४८३ नम्बरको सेन्ट्रो कार रोकेर चेकजाँच गर्ने क्रममा लुकाइ छिपाइ ल्याएको २५ केजी ५ सय ग्राम गाँजासहित भारत, पटनाका २० वर्षीय आदित्य कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टका प्रहरीले आइतबार पथलैयातर्फ जाँदै गरेको कार चेकजाँचका क्रममा गाँजासहित भारतीय युवक पक्राउ गरेको हो ।

कारका विभिन्न भागमा फल्स बटम बनाएर प्लास्टिकको पाकेटमा प्याक गरी गाँजा लुकाएर ल्याइएको प्रहरीले जानकारी दिएको छ । गाँजा, कार र आदित्यलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*