अधुरो योजनाप्रति खानेपानी मन्त्री खड्काको चासो

साझाकुरा
२०८१ श्रावण २६, शनिबार १३:०२

हेटौंडा- बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्यामबहादुर खड्काले मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा खानेपानी योजनाको निर्माणमा चासो देखाएका छन् ।मन्त्री खड्काले विहीबार थाहा नगरपालिका पुगेर खानेपानी योजनाको अवस्थाबारे अनुगमन गरका हुन् । थाहा–२ पालुङस्थित अधुरो अवस्थामा रहेको थाहा खानेपानी तथा सरसफाई परियोजनाको अनुगमनपछि मन्त्री खड्काले प्रदेशअन्तर्गत्का अधुरा योजनाहरुलाई सम्पन्न गरी नागरिकको घरमा खानेपानीको पहुँच पु¥याइने बताए । नागरिकको आधारभूत आवश्यकताअन्तर्गत् पर्ने खानेपानी सेवालाई प्रभावकारी बनाइने उनको प्रतिबद्धता थियो ।

योजना तर्जुमाकै अवस्थादेखि अधुरा आयोजनालाई प्राथमिकता दिनूपर्ने बताउँदै पालुङको उक्त आयोजनालाई बजेट विनियोजन नभएकोप्रति उनले ध्यानाकर्षण भएको सुनाए । ‘केही बजेट मन्त्रालयमा छ, यस किसिमको अधुरो योजनालाई सम्पन्न गर्नुपर्छ’, उनले भने । प्रदेश सरकारले बजेट विनियोजन गर्दा नै अधुरा योजना प्राथमिकतामा पर्नुपर्ने मन्त्री खड्काको भनाइ थियो । ‘जनताको घरघरमा पानी पु¥याउन कति बजेट लाग्छ, व्यवस्थापन गर्छौ’, चिन्ता नलिनूहोस्’, उनले थपे । मन्त्री खड्काले डिभिजन प्रमुखसहित बसेर योजना ढिलाइ हुनुका अन्य कारण भए त्यसलाईसमेत पत्ता लगाई सम्पन्न गर्न तत्काल प्रक्रिया अघि बढाउने आश्वासनसमेत दिए । बाँकी पृष्ठ–४…

यसमा तपाइको मत

Your email address will not be published.


*