मन्त्री खड्काद्वारा मानवसेवा आश्रमको अवलोकन

साझाकुरा
२०८१ श्रावण २९, मंगलवार १३:१०

हेटौंडा- बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाईमन्त्री श्यामबहादुर खड्काले हेटौंडा–९, स्थित मानवसेवा आश्रमको मुख्य कार्यालय अवलोकन गरेका छन् । मन्त्री खड्काले सोमबार आश्रममा रहेका आश्रीतहरुको अवस्थाबारे मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीसँग जानकारी लिएका थिए । मन्त्री खड्काले आश्रयविहीन भएर सडकपेटीमा कष्टकर जीवन बिताइरहेकालाई उद्दार गरी आश्रय दिएर सामाजिक कार्यमा अग्रसर रहेकोमा प्रशंसा व्यक्त गरे । मन्त्री खड्काले मानवसेवा आश्रमको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री खड्काले आश्रितका लागि एकछाक खाना बराबरको सहयोग प्रदान गरे । मानवसेवा आश्रममा नेपालका १९ जिल्लाका २३ ओटा शाखामा १ हजार ७ सय २५ जनाले आश्रय लिइरहेका छन् । आश्रमले हालसम्म १० हजार १ सय ७२ जनालाई उद्दार गरेको तथ्यांक छ । ८ सय ४७ जनालाई सामुदायिक पुनस्र्थापना गराएको छ । ४ हजारको पारिवारिक पुनर्मिलन गराएको आश्रमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*