बागमती प्रदेशप्रमुख देवकोटालाई गृहनगरमा सम्मान
हेटौंडा- बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटालाई गृहनगर धनगढीमा स्वागत तथा सम्मान गरिएको छ । धनगढीस्थित नवजीवन सहकारी संस्थाले उनलाई आफ्नो कार्यालयमा सम्मान गरेको हो ।सहकारी संस्थाको संस्थापक सदस्य प्रदेशप्रमुख जस्तो गरिमामय पदमा नियुक्त भएको भन्दै सम्मान गरिएको संस्थाका अध्यक्ष देवबहादुर बमले बताएका छन् । सम्मान कार्यक्रम प्रदेशप्रमुख देवकोटाले संस्था स्थापना गर्दा गरेको भूमिकाबारे चर्चा गरेकाथिए ।
निकै मेहनतका साथ स्थापना गरेको संस्था देशकै नमूना सहकारी संस्थाको रुपमा नाम सुन्दा आफूलाई गौरव लाग्ने गरेको बताए ।प्रदेशप्रमुख देवकोटालाई स्वागत गर्दै संस्थाका अध्यक्ष बमले संस्थाको आगामी कार्ययोजना सुनाएका थिए । सो अवसरमा संस्थाका सल्लाहकार खेमराज पाण्डे, संस्थाका उपाध्यक्ष चेतराज ओझाले शुभकामना मन्तव्य राखेका थिए । महाप्रबन्धक डम्मर गुरुङले संस्थाको अवस्था जानकारी गराएका थिए ।







