एकता महिला समूहको साधारणसभा

साझाकुरा
२०८१ श्रावण ३१, बिहीबार ०९:५८

हेटौंडा-रानी सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–६ चौघडाद्वारा सञ्चालित एकता महिला आयआर्जन समूह मकवानपुरगढी–४ कालीखोलाको बुधवार चौथो वार्षिक साधारणसभा भएको छ । साधारणसभामा समूहकी अध्यक्ष गौरी सुवेदीले प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरेकी छन् । समूहले महिलाको आर्थिक तथा सामाजिक र क्षमता अभिवृद्धि गर्ने काममा सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । समूहले ३ वर्षमा ४ लाखको कारोवार गरेको छ । समूहमा १७ जना महिला आवद्व छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*