मितेरी सहकारीमा समुदाय स्वास्थ्यशिक्षा

साझाकुरा
२०८१ श्रावण ३२, शुक्रबार १२:३६

हेटौंडा-मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा बुधबार एकदिने समुदाय स्वास्थ्यशिक्षा कार्यक्रम भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष धनराज महर्जनको सभाध्यक्षमा भएको हो ।कार्यक्रम सामाजिक अनुसन्धान तथा विकास केन्द्र (सगुन) को आयोजनामा भएको थियो भने स्वास्थ्य प्रवद्र्धन तथा रोजगारी रोकथामका लागि आयुर्वेद तथा प्राकृतिक चिकित्सा प्रर्वद्धन कार्यक्रमले सहजीकरण गरेको थियो । उचित आहारविहार र विचार–स्वस्थ्य जीवनको लागि महत्वपूर्ण आधार भन्ने मूल नाराकासाथ समुदाय स्वास्थ्यशिक्षा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सगुनका कार्यक्रम निर्देशक महन्त महर्जन, कार्यक्रम संयोजक पुण्य सुवाल, कार्यक्रम सहजकर्ता रविन राई, सहकारी संस्थाका व्यवस्थापक सरोज थापामगरलगायतको आतिथ्यता थियो । कार्यक्रममा सगुनका कार्यक्रम संयोजक सुवालले समुदाय स्वास्थ्यशिक्षा सम्बन्धी जानकारी गराएका थिए । वार्षिक प्रतिव्यक्ति २५ हजारको औषधिउपचारमा खर्च भएको हुँदा यहाँको भौगोलिक अवस्थामा यहाँको जीवनशैली फरक रहेको कार्यक्रम निर्देशक महर्जनले बताए ।

समुदायप्रति चासोको विषयमा सहकारी पनि महत्व राख्दै यस क्षेत्रमा हर्वल गार्डेन बनाउने उद्देश्य रहेको उनले बताए । आगामी कार्तिक १२ गते हामी यहाँ स्वास्थ्य चिकित्सा शिविर सञ्चालन गर्नेछौं, महर्जनले भने । शिविरमा नसर्ने रोगहरु मधुमेह, उक्तरक्तचाप, मानसिक रोग, थाइराइडलगायत अन्य रोगको परीक्षण गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*