थाहाको गोपाली गाउँमा गाईजात्रा मनाईयो

साझाकुरा
२०८१ भाद्र ५, बुधबार ११:२७

हेटौंडा- मुलुकका विभिन्न सहरमा भाद्र ४ गते मंगलबार गाइजात्रा पर्व मनाइएको छ । मवकानपुरको हेटौंडा र थाहा नगरमा विगतमा जस्तै यसवर्ष पनि गाईजात्रा मनाइएको हो ।
गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ ।

हेटौंडा र थाहा नगरमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ । दामनको गोपाली गाउँ, पालुङ, बज्रवाराहराही, चित्लाङमा गाईजात्रा पर्व मनाइएको छ । थाहाको आग्रा र टिष्टुङमा भने नेवारी समुदायको बसोबास अत्याधिक कम छ । गाईजात्रामा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्रअंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ ।

गाईजात्रा काठमाडौं उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुवेपछि, रानीलाई सान्त्वना दिन प्रताप मल्लले सहरमा वर्षभरि कतिजनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन यो जात्रा मनाउन थालेको जनविश्वास छ । यसोगर्दा पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरुप हास्यव्यंग्यको प्रचलन चलेको जनश्रुति पाइन्छ ।

भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिको ताहामच्चा अर्थात चारवटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने चलन छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*