आँबुखैरेनीनजिक मर्स्याङदीमा बस खस्यो, १४ जनाको मृत्यु, १६ घाइते

साझाकुरा
२०८१ भाद्र ७, शुक्रबार १४:१६

तनहुँ – तनहुँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेका १४ जनाको शव निकालिएको छ । सुरक्षाकर्मीले दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनाउनु भयो । दुर्घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।दुर्घटनामा परेका अन्य यात्रुको खोजीकार्य जारी रहेको गौतमले जानकारी दिनु भयो । शुक्रबार बिहान साढे ११ बजे बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको उद्धारकर्मीले उद्धार जारी राखेको छ । दुर्घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पनि खटिएको छ ।अप्ठ्यारो भीरबाट बस नदीमा खसेकाले उद्धारका लागि डोरीको सहायताले नदी किनारमा सुरक्षाकर्मीहरु पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*