बकैयाका पहिरोमा बालिकाको मृत्यु

साझाकुरा
२०८१ भाद्र ८, शनिबार १३:०२

हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिकामा पहिरोमा परेर एकजना बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका–६ की ६ वर्षीया बालिकाको विद्यालयबाट घर फर्कँदै गर्दा पहिरोमा मृत्यु भएको हो ।स्थानीय जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत शुष्मा थिङको विद्यालयबाट घर फर्कने क्रममा मृत्यु भएको विद्यालयका शिक्षक मिलन भोम्जनले बताए । बिहीबार दिउँसो विद्यालय सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरो खस्दा उनको मृत्यु भएको भोम्जनको भनाई छ ।

विद्यालय टाढा रहेकोले ज्यामिरेदेखि करिब डेढ घण्टासम्म साना नानीबाबु हिँडेर ओहोरदोहोर गर्नुपर्दा दुर्घटनाको सधैँ डरहुने शिक्षक भोम्जनको भनाई छ । मकवानपुरमा भौगोलिक विकटताका कारण दुर्गम गाउँक्षेत्रमा विद्यालयन आउजाउ गर्न बालबालिकालाई समस्या परिरहेको छ । सहज सडक सञ्जाल नहुनुले वर्षात्को समयमा बाढी र पहिरोको जोखिम बढी रहेकाले विद्यार्थी असुरक्षित बनेका छन् ।

मकवानपुरको १० वटै स्थानीय तहमा वर्षात्को बेलामा बाढी र पहिरोको जोखिम छ । हेटौंडा, मनहरी, बागमती, मकवानपुरगढी, बकैयामा बाढीको उच्चजोखिमछ । जिल्लाको विकट राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी गाउँपालिकामा र थाहा नगरपालिकामा बाढी र पहिरो दुवैको जोखिम छ । हेटौंडाका प्राय सबैजसो र मनहरी र मकवानपुरगढीको केही विद्यालयमा मात्रै विद्यार्थी बससेवा प्रयोग गर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*