हेटौंडा बसपार्कमा बृद्धमाथि धारिलो हतियार प्रहार
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१० बसपार्कमा धारिलो हतियार दाउ प्रहार हुँदा एकजना गम्भीर घाइते भएका छन् ।बसपार्क क्षेत्रमा रहेको बीरगञ्ज बस काउन्टर नजिकै भएको घटनमा हेटौंडा–१ चाईनाक्वाटर बस्ने ७१ वर्षीय प्रेमबहादुर कार्की घाइते भएका हुन् ।
घाइते कार्की र हेटौंडा–१३ पदमपोखरीका ५३ वर्षीय अर्जुन गोम्जाबीच सामान्य विवादले उग्ररुप लिँदा गोम्जाले दाउ प्रहार गरेपछि कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दायाँ कानमा गहिरो चोट लागेको कार्कीको उपचारको लागि चितवन पठाइएको छ भने गोम्जालाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।







