बसामाडी जेसीजको पुरस्कार बितरण
हेटौंडा- बसामाडी जेसीजले सप्ताहब्यापी कार्यक्रमको पुरस्कार तथा समापन कार्यक्रम हेटौंडामा गरेको छ । जेसीजले खाधान्न बितरण, बृक्षरोपण, साइवर सेक्युरिटी तालिम, जेसी विद्यार्थी फुटसल, यौन तथा प्रजनन स्वास्थ्य र लागूऔषधसम्बन्धी सचेतना कार्यक्रम हेटौंडाको बिभिन्न ठाउँमा गरेको थियोे । बसामाडी जेसीज २०२४ का अध्यक्ष उद्धबराज कठायतको सभाध्यक्षतामा भएको कार्यक्रममा जेसी अशोक शाक्यको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा जेसी अनिल अग्रवाल, कार्यक्रम संयोजक रामकृष्ण शिवाकोटी, बसामाडी जेसीज २०२४ का उपाध्यक्ष अभ्युदय खनाल, प्रमोद उप्रेती, मूलकार्यक्रम संयोजक तथा २०२४ कार्यकारी उपाध्यक्ष दीपेन्द्र यादव, जेसी गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रम हेटौंडा–५ चिसापानीस्थित पूजा ब्यांक्वेटको सभाहलमा भएको हो ।







