मनहरीमा हात्तिआतंक जारी

साझाकुरा
२०८१ भाद्र १०, सोमबार ११:१३

हेटौंडा- मकवानपुरको मनहरीक्षेत्रमा जंगली हात्तिले गएराति एक घरमा क्षति पु¥याएको छ । मनहरी गाउँपालिका–८ सीमपानीमा जंगली हात्तिले घरमा क्षति पु¥याएको हो ।हात्तिले स्थानीय माइला चेपाङको जस्ताले छाएको काठको एकतले घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । हात्तिले घरमा क्षति पु¥याए पनि मानवीय र चौपाय क्षती नभएको र हात्तिलाई जंगलतर्फ लखेटिएको प्रहरीले जनाएको छ ।

हात्ति लखेट्नका लागि स्थानीय र मध्यबर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोली खटिएको थियो । मनहरी गाउँपालिका पर्सा राष्ट्रिय निकुञ्ज र चिवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकोले जंगली जनावरले बारम्बार दुःख दिने गरेको स्थानीय बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*