हटियाको जुरेथुमः धार्मिक गन्तब्य बन्दै

साझाकुरा
२०८१ भाद्र ११, मंगलवार ११:०९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१७, जुरेथुम स्थित कृष्णमूर्ति प्रांगणमा भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँने क्रममा जुरेथुम पुगेका छन् ।श्रद्धालुहरु श्रीकृष्णको दर्शन, पूजाआजा गर्न त्यहाँ पुगेका हुन् । हटियास्थित जुरेथुम पिकनिक तथा पर्यटन पार्कमा रहेको श्रीकृष्णको मूर्ति ४२ फिट अग्लो छ । मूर्ति प्रांगणमा हजारौँको संख्यामा श्रद्धालुभक्तजनले श्रद्धापूर्वक पूजाआजा तथा भजनकीर्तन गरेको पार्कका अध्यक्ष संकरबहादुर राउतले जानकारी दिए ।

यस्तै, हेटौंडा–१७ स्थित जगतगुरुउत्तमधाममा पनि हजारौँ भक्तजनले पूजाआजा गरेका छन् । यसैगरी, ऐतिहासिक मकवानपुरगढी दरबारस्थित श्रीकृष्णको मन्दिर तथा हेटौंडा–६ चौघडास्थित वंशगोपालको मन्दिर, हेटौंडा–५ स्थित राधाकृष्ण मन्दिरलगायत अन्य कृष्ण मन्दिरमा श्रद्धालुहरु पूजाआरधना गर्न पुगेका छन् । उनीहरुले कृष्ण मन्दिरमा भेला भई भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी जन्माष्टमी मनाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*