कमल थापाको पुस्तक प्रम ओलीद्वारा बिमोचन

साझाकुरा
२०८१ भाद्र ११, मंगलवार ११:१४

हेटौंडा-प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउप प्रधानमन्त्री कमल थापाले लेखेको ‘नाकाबन्दी र भूराजनीति–कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तकको लोकार्पण गरेका छन् ।मकवानपुरे नेता थापाले पुस्तकलाई ६ खण्डमा बाँढिएको र परराष्टसम्बन्धी विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताएका छन् । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रुपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथा मैत्रीसन्धि र त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताएका छन् । बिशेषगरी नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमानदारी पूर्बक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट बिषयबस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । नेपालको सीमा समस्या, चिनसँगको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखसँगको भेटलगायतका बिषयबस्तुलाई पुस्तकमा समाबेश गरिएको नेता थापाले जानकारी दिए ।

पुस्तक आत्मकथा नभएको स्पष्ट पार्दै नेता थापाले मुलुकको भूराजनीति, सुरक्षा एवम् सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिएका छन् ।नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक नेता थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए । लेखक थापा तत्कालीन प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री थिए । थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापाः एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*