बृद्धा मृत भेटिए, नाती पक्राउ

साझाकुरा
२०८१ भाद्र ११, मंगलवार ११:२४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१ भैररबडाँडास्थित पाथिभरा मन्दिर नजिकै बस्ने ७१ वर्षीया ठूलीमाया विश्वकर्मा आफ्नै घरमा मृत भेटिएकी छन् । घटनाका बारेमा अनुसन्धान गर्न ठूलीमायाकी नातीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।सोमबार बिहान ९ः४० बजे ठूलीमायालाई आफ्नै घरमा मृत फेला पारिएको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ठूलीमायाको दुबै कानबाट रगत बगेको भण्डारीले बताए । घरमा उनी र नाती प्रवीन विश्वकर्मा बस्दै आएका थिए । प्रहरीले ठूलीमायाको हत्या भएको आशंकामा नाती २८ वर्षीय प्रवीनलाई पक्राउ गरेको डिएसपी भण्डारीले बताए । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*