राष्ट्रिय निर्माण व्यवसायी संगठन अध्यक्षमा सापकोटा
हेटौंडा-नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन मकवानपुरको अध्यक्षमा भरतप्रसाद सापकोटा चयन भएका छन् । शनिबार हेटौंडामा भएको संगठनको दोस्रो जिल्ला सम्मेलनबाट सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।समितिको बरिष्ठ उपाध्यक्षमा डोलबहादुर थापा, उपाध्यक्षमा रंगनाथ ढकाल, महासचिव अबिरल गजुरेल, सचिव सन्दिप पौडेल, कोषाध्यक्ष मोतिलाल सिंगार चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः विजय ढकाल, सन्देश लामा, जीवन विष्ट, सुरेन्द्र अधिकारी, रोशन पुलामी, सुकुबहादुर पाख्रिन, राजकुमार लामा, विक्रम केसी, मेघबहादुर श्रेष्ठ र लेखराम डिम्डुङ रहेका छन् । सम्मेलनले केदार कार्की र सागर कट्टवाललाई सल्लाहकार चयन गरेको छ ।बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा संठगनका निवर्तमान अध्यक्ष बालकुमार मल्लको सभाध्यक्षतामा सम्मेलन भएको हो ।
कार्यक्रममा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष शिवप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका मकवानपुर इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्य प्रमिला पुलामी, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, संगठनका बागमती प्रदेश उपाध्यक्ष बसन्त खरेल, राष्ट्रिय निर्माण ब्यवसायी संगठन बागमती प्रदेश उपाध्यक्ष राजनप्रसाद ढकाललगायतको आतिथ्यता रहेको थियो ।







