चुच्चेखोला सामुदायिक वनमा वृक्षरोपण

हेटौंडा- हेटौंडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षरोपणको आयोजना गरिएको छ । बागमती प्रदेशसभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।प्रमुखअतिथि पाठकले अब सामुदायिक वनलाई पर्यापर्यटकीय र आयआर्जनमा जोड्नु पर्ने बताइन् । सामुदायिक वनले संस्थागत विकासका साथै उपभोक्ताको आर्थिक स्थितिमा समेत सुधार गर्नुपर्नेमा ध्यान दिनु जरुरी भएको उनको भनाईछ ।
विजयसाल, सतीसाल, रिठ्ठा, बेल, तेजपात, मे·ोस्टिक, अमला, टिकलगायतका विरुवारोपण गरिएको थियो । कार्यक्रममा मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, मकवानपुरगढी–२ का वडाअध्यक्ष बखानसिंह पाख्रिन, हेटौंडा–१७ का वडासदस्य नवराज न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाई, अमलेखगञ्जका कार्यक्रम अधिकृत प्रदीप सदौला, सवडिभिजन वन कार्यालय हर्नामाडीका प्रमुख मदन घिमिरे, अशोक सामुदायिक वनका अध्यक्ष रमेशकुमार राई, श्रमिक साना किसान सहकारी अध्यक्ष निर्मला लम्साल, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, समूहका संस्थापक अध्यक्ष रुद्रनाथ न्यौपाने, कार्यालय सचिव केदारप्रसाद गौतम, सञ्चारकर्मी, उपभोक्तालगायतको सहभागिता थियो ।