जुरिखेत भीरबाट मोटरसाइकल खस्यो, चालकको मृत्यु

साझाकुरा
२०८१ भाद्र १८, मंगलवार ११:३१

हेटौंडा- भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरिखेत ११ घुम्तीमा मोटरसाइकल भीरबाट तल खस्दा गम्भीर घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ ।मकवानपुर प्रहरीप्रवक्ता प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीका अनुसार काठमाडौंबाट हेटौंडा आउँदै गरेको प्रदेश २–०३–०११ प ३४७४ नम्बरको मोटरसाइकल भीरबाट करिव ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा मोटरसाइकल चालक बीरगंज–१५ लक्ष्मनवा घर भएका अन्दाजी ४० वर्षीय वृत्तनारायण यादव र मोटरसाइकलमा सवार बारा फेटा ७ का अन्दाजी ३६ वर्षीय रमेश पाण्डे घाइते भएका थिए ।

गम्भीर घाइते यादवको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थल पुगेर ५ सय मिटर तल खसेको स्थानबाट यादवलाई उद्दार गरी उपचारार्थ पठाएको थियो भने पाण्डे रुखमा अडकिएका थिए । पाण्डेको हेटौंडामा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*