बारा कोल्हवीमा नानुमायाको शव फेला प¥यो

हेटौंडा- बकैया–६ नानुमाया तितुङको छोराले बैदेशिक रोजगारबाट पैसा कमाएर फर्किएको हेर्ने रहर र सपना बकैयाको भेलले बगाएको छ । मकवानपुरको बकैया खोलाले बगाएर आइतबार बेपत्ता भएकी नानुमायाको शव सोमबार फेला परेको छ ।बाराको निजगढ बजारबाट बकैया–६ स्थित घर फर्कनलाग्दा आइतबार खोला तर्ने क्रममा बकैया खोलाले बगाएर नानुमाया बेपत्ता भएकी थिइन् । आइतबारदेखि नै आफन्त, स्थानीयवासी र प्रहरीले उनको खोजतलास गरिरहेका थिए । नानुमायाका छोरा छिरिङ तितुङ वैदेशिक रोजगारीका लागि जान लागेका थिए । शनिबार श्रीमान् र छोराको साथमा गाडी चढेर उनी निजगढ गएकी थिइन् ।
बारा कोल्हवी नगरपालिका–२ स्थित बकैयाखोलाको किनारमा बकैया–६ की ३६ वर्षीया नानुमायाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । श्रीमान् राजकुमार तितुङ र छोरासँगै उनी शनिबार निजगढमै बास बसेका थिए । आफन्तकोमा बास बसेकी नानुमायाले आइतबार बिहानै छोरालाई बिदाइ गरिन् । राजकुमार भने जहाज चढाउन छोरोसँगै काठमाडौं जाने तयारीमा लागेका थिए । नानुमाया हिँडेरै घर फर्किइन् । लामो बाटो छिचोलेर गाउँ आइपुग्नै लागेकी उनलाई बकैया खोलाले बगायो ।
उता राजकुमार पनि छोरो लिएर काठमाडौं जान नभ्याउँदै निजगढमै कुकुरको टोकाइबाट घाइते भएका छन् । बिहान सबेरै कुकुरले टोकेपछि निजगढमै उपचारमा लाग्नुको बिकल्प थिएन । त्यही समयमा राजकुमारले श्रीमतीलाई खोलाले बगाएको खबर सुने । सोमबार राति साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँ फर्केको प्रहरीले जानकारी दिएको छ ।बारा निजगढबाट घर फर्कने क्रममा बकैया खोलाले बगाएर नानुमाया बेपत्ता भएकी बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए । भोम्जनका अनुसार खोला तर्ने क्रममा उनलाई बगाएको तराई–मधेस फास्ट ट्रयाकमा काम गरिरहेका कामदारले देखेका थिए ।
आइतबारदेखि नै आफन्त, स्थानीयवासी र प्रहरीले खोजतलास गरिरहेको थियो । सोमबार दिउँसो मात्र उनको शब कोल्बीमा फेला परेको प्रहरीले जनाएको छ ।फास्ट ट्रयाकमा काम गर्ने मानिसहरुले नानुमायालाई खोला तर्नेक्रममा देखेका रहेछन् । खोलाले बगाउँन थालेपछि उनीहरुले बचाउन खोजेछन् तर, सफल भएनन् । आज सोमबार रातिको उडानबाट साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले आइतबार बेलुका नै काठमाडौंबाट फर्किए । खोलाको बहाव तीब्र भएका कारण आइतबार खोजी कार्यमा सकस भएको प्रहरीले जानकारी दिएको छ ।
१५ भादौमा निजगढमा आफन्तकोमा बास बसेका उनीहरुले १६ भदौमा आ–आफ्नो गन्तव्यतर्फ लाग्ने सोच बनाए । सोही अनुसार १६ भदौ बिहानै नानुमायाले छोरालाई बिदाइ गरिन् । साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँमै फर्केको वडाध्यक्ष भोम्जनले जानकारी दिए ।