उकालो लाग्दै थाहाको सकारात्मक सूचक

हेटौंडा- मकवानपुर थाहा नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा भएको छ । पालिकाको आयोजनामा पालुङ जेसीज सभाहलमा समीक्षा भएको हो ।थाहा नगरप्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको समीक्षामा नगरप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्य र अन्य जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो । समीक्षामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कार्यक्रमको उद्देश्यको विषयमा जानकारी गराएका थिए । समीक्षामा थाहा नगरपालिकाका शाखा तथा वडा कार्यालयले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा वडासचिवले राजश्व संकलन, कार्यक्रम कार्यान्वयन, भौतिक तथा वित्तीय प्रगतीको विषयमा प्रस्तुतिकरण गरेका थिए । सचिवले वडा कार्यालयको उपलब्धी, समस्या र चुनौती उल्लेख गरेका थिए । सो अवसरमा थाहा नगरपालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशुविकास, योजना, सामाजिक विकास, वन तथा वातावरण, उद्योग तथा राजश्व, जिन्सी, आर्थिक प्रशासनलगायत शाखाप्रमुखले पनि वर्षभरको कार्यक्रम र प्रगतिको विषयमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा वडा र शाखाले प्रस्तुत गरेको उपलब्धी, समस्या र चुनौतीको विषयमा छलफल भएको थियो । नगरप्रमुख विष्टले कार्यक्रम कार्यान्वयनका क्रममा भएका उपलब्धी सहितको छलफलले आगामी योजनातर्जुमा र कार्यान्वयनका लागि सहज हुने बताए । पालिकाको समग्र उपलब्धीलाई उठाउनका लागि वडा तथा शाखाको कार्यसम्पादन महत्वपूर्ण हुने बताए । उपप्रमुख भरत गोपालीले योजनाको अनुगमन मूल्यांकन जस्तै समग्र पालिकाको कामको समीक्षाले मूल्यांकन हुने बताउँदै यस कार्यक्रमले आगमी दिनका लागि थप स्तरीय बनाउन सघाउ पुग्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत गिरीले पालिकाका वडा तथा शाखाले गरेको कार्यको प्रशंसा गरे । गतवर्षको तुलनामा पालिकाले आन्तरिक राजश्व व्यवसाय दर्ता तथा नवीकरण, योजना कार्यान्वयन लगायतको सूचकमा हासिल गरेको उपलब्धी प्रसंशनीय भएको बताए । उनले यसकार्यमा सघाउ पु¥याउन पालिका नेतृत्व, जनप्रतिनिधि कर्मचारी सर्बैको सहयोग रहेको औंल्याए । समीक्षा कार्यक्रमको अवसरमै वार्षिक प्रगति समीक्षा सार्वजनिक गरिएको छ ।