बागमतीमा १७८० जना डेंगु संक्रमित फेला

साझाकुरा
२०८१ भाद्र २१, शुक्रबार १२:२२

हेटौंडा- बागमती प्रदेशमा एक हजार सात सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेशमा गत साउन १ गतेदेखि हालसम्म यो संख्यामा डेंगु संक्रमित भेटिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार, प्रदेशमा साउनमा ८ सय ४० र भदौमा ९ सय ४० जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसनुसार प्रदेशको १२ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी डेंगु संक्रमित भेटिएका छन् । त्यहाँ यो अवधिमा ७ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

यसैगरी, काठमाडौंमा ५ सय जना, मकवानपुरमा १ सय ८९ जना, ललितपुरमा १ सय ३१ जना, धादिङ र काभ्रेमा ६८÷६८ जना, भक्तपुरमा २५ जना, नुवाकोट र दोलखामा १२÷१२ जना, सिन्धुपाल्चोक र सिन्धुलीमा ९÷९ जना, रामेछापमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । सो अवधिमा डेंगु संक्रमणका कारण एकजनाको मृत्यु भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*