मकवानपुरका हास्यव्यंग्यकार रिजाल सम्मानित
हेटौंडा- मकवानपुरे हास्यव्यंग्यकार आरसी रिजाल फित्कौली हास्यव्यंग्य राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । फित्कौली डटकम सञ्चालनको एघारौँ वर्ष र अनलाइन पत्रिकाको तेस्रो वर्ष प्रवेशका अवसरमा आइतबार आयोजित एक कार्यक्रममा उनी सम्मानित भएका हुन् ।रिजाललाई २० हजार १ सय ५ रुपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरिएको हो । फित्कौली डटकमा प्रधान सम्पादक नरनाथ लुइँटेललको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा गोविन्दराज भट्टराईले रिजाललाई सम्मान गरेका थिए । काठमाडौंका चट्याङ मास्टरलाई ‘बुढ्यौली विषयका भीष्मपितामह’का रुपमा सम्मानित गरिएको थियो ।
सर्लाही निवासी महेश थापालाई गोविन्द–विजया फित्कौली हास्यव्यंग्य राष्ट्रिय प्रतिभा पुरस्कार, सर्लाहीका महेश थापालाई गोविन्द–विजया फित्कौली हास्यव्यंग्य राष्ट्रिय प्रतिभा पुरस्कार, सुभाषचन्द्र देवकोटा (गोरखा)लाई फित्कौलीराष्ट्रिय हास्यव्यंग्य कविता पुरस्कार, सिन्धुपाल्चोकका देवीप्रसाद चापागाईंलाई फित्कौली राष्ट्रिय हास्यव्यंग्य राष्ट्रिय निबन्ध पुरस्कार र इलामका दीनानाथ पोख्रेललाई मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली कविता पुरस्कार अर्पण गरिएको आयोजकले जनाएको छ ।







