मोटरसाइकल दुर्घटनामा घाइते गौतमको मृत्यु
हेटौंडा-हेटौंडामा मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये बकैया गाउँपालिका–४ बस्ने ४६ वर्षीय उत्तम गौतमको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१६ हटियामा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार गौतमसहित दुइजना घाइते भएका थिए । हेटौंडा उपमहानगरपालिका–१७ कठायतचोक स्थित धरान–चतरा सडक खण्डमा हेटौंडा बजारबाट ठुलोदमारतर्फ जाँदै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुरले बाटोक्रस गर्दा गौतम र बकैया–४ बस्ने ४४ वर्षीय प्रभाब गौतम घाइते भएका थिए ।
मृतक गौतमको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार सम्भब नहुने भनि फिर्ता गरी चुरेहिल अस्पताल हेटौंडा ल्याएकोमा उपचारको क्रममा आइतबार राति डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । सडकबाट क्रस गर्न लागेको कुकुरलाई बचाउने क्रममा अचानक ब्रेक लगाई आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान–चतरा सडक खण्डमा दुर्घटना बढ्दो छ ।







