स्कूलबाट फर्किँदै गरेकी बालिकाको बगाएर मृत्यु
हेटौंडा-मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–८ सिम्पानीमा खहरे भेलले बगाएर १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।मंगलबार दिउँस निरन्तर परेको वर्षाले दाङसिङ खोल्सामा आएको भेलले स्थानीय रञ्जिता गुरुङ र अर्का १७ वर्षीय बालकलाई बगाएको थियो । युनाइटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत् गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गुरुङ स्कूलबाट घर फर्किँदै गर्दा भेल तर्ने क्रममा बगाएको थियो ।
गुरुङको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । भेलले बगाएको अर्का बालकको भने सकुशल उद्दार गरेर मनहरी बजारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।







