नारी संरक्षण केन्द्रको साधारण सभा तथा सामाजिक परीक्षण
हेटौंडा-गत आर्थिक वर्षमा मकवानपुर र धादिङलाई कार्यक्षेत्र बनाएर काम गरेको हेटौंडाको नारी संरक्षण केन्द्रको २४ औं साधारणसभा तथा सामाजिक परीक्षण भएको छ ।हेटौंडा उपमहानगरपालिका–४ स्थित आफ्नै सभाहलमा भएको केन्द्रको सभारणसभा तथा परीक्षणको हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै केन्द्रले बालसंरक्षण तथाअभिमुखीकरणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् । गैरनाफामूलक सस्थाको रुपमा सामाजिक काममा लागेका संस्थाका कारण राज्यलाई पनि सहयोग पुग्ने बताइन् । उनले भनिन् ‘राज्यले सबै क्षेत्रमा ध्यान दिन सक्ने अवस्था रहँदैन त्यो अवस्थामा गैरसरकारी संस्थाको भूमिका समाज परिवर्तनमा महत्वपूर्ण हुन्छ ।’
केन्द्रले २०८०÷८१ मा दुइ जिल्लामा गरेका कामको बारेमा जानकारी दिएको थियो । एकवर्षभित्र गरेका कामको बारेमा संस्थाका कार्यक्रमसंयोजक जोरोम घलानले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार २१ जना बालिकालाई संरक्षणमा राखेर अध्ययन गराइरहेको उल्लेख छ ।केन्द्रका अध्यक्ष दीपाकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत चन्द्रकुमारी व्यन्जनकार, हेटौंडा उपमहानगपालिका सामाजिक विकास महशाखाप्रमुख भीमप्रसाद तिमल्सिना, माइती नेपालका कार्यक्रम संयोजक माया लामा, अधिकारकर्मी शर्मिला श्रेष्ठ, केन्द्रका उपाध्यक्ष भिष्मराज सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।२०५८ सालमा स्थापना भएको संस्थाले मकावनपुरका हेटौंडा उपमहानगरको बिभिन्न वडा र धादिङको रुबिभ्याली गाउँपालिकामा २०८०÷८१ मा महिलाहिंसाबारे सचेतना, बालगृहसंचालन, सीपमुलक तालिम लगायत क्षेत्रमा काम गरेको बताइएको छ ।







