खेतको आलिबाट लडेर मकवानपुरका रुम्बाको मृत्यु

साझाकुरा
२०८१ भाद्र २७, बिहीबार ११:३४

हेटौंडा- मकवानपुरमा खेतको आलिबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–६, समरपुरमा बुधबार बिहान खेतको आलिबाट लडेर एकजनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा स्थानीय १७ वर्षीय किशोर सिरबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायवउपरीक्षक भण्डारीका अनुसार, बिहान साढे ८ बजेको समयमा बेसी घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा खेतको आलिबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।मृतक रुम्बाको शव हेटौंडा अस्पतालमा पोस्मार्टम पश्चात् आफन्तको जिम्मा लगाएको प्रहरी नायवउपरीक्षक भण्डारीले बताए । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*