हेटौंडामा भित्रियो टिभिएसको दुई नयाँ मोडल

साझाकुरा
२०८१ आश्विन ४, शुक्रबार १०:२३

हेटौंडा- टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ । टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले असोज ३ गते शुक्रबार मोडल सार्वजनिक गरेको हो ।टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सको आधिकारिक बिक्रेता हेटोंडा अटोमार्टमा टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई) सार्वजनिक गरिएको हो । नयाँ पुस्ताका राईडरलाई ध्यानमा राखी दुई मोडल तयार गरिएको कम्पनीको दाबी रहेको छ ।

टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई) फ्युल ईन्जेक्सन भेरिएन्ट ग्राहकको चाहनाअनुसार तयार गरिएकोले यसले सजिलै ग्राहकको मन जित्ने हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए । यी दुबै मोडलमा आधुनिक डिजाइन भएको र यसले ईन्धनको प्रयोगलाई किफायती बनाउने हेटौंडा अटोमार्टका अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए । टिभिएसको रेडर
(एफआई)को मूल्य २ लाख ९२ हजार ९०० र रेडिअन (एफआई) को मूल्य २ लाख ३६ हजार ९०० रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*