६ नम्बर वडा कार्यालय भवनको शिलान्यास

साझाकुरा
२०८१ आश्विन ४, शुक्रबार १०:२९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६ नम्बर वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले नयाँ भवनको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उपमेयर बानियाँले नयाँ भवन निर्माणपछि जनताको काम अझ चाँडो हुने बताए । उपमेयर बानियाँले समयमै निर्माण सक्न निर्माण कम्पनीलाई आग्रह गर्दै जनतालाई सहजढंगले सेवा दिन जनप्रतिनिधि सदैव क्रियाशील हुनपर्नेमा जोड दिए ।

चौघडाको बंशगोपाल मन्दिरक्षेत्रमा निर्माण हुने वडा कार्यालय भवन ५ कोठाको हुनेछ । १८ महिनामा निर्माण सक्ने गरी एक्सिस एशियन कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता भएको यो वडा कार्यालयको भवन निर्माणको लागि १ करोड रुपैयाँ खर्च लाग्ने सघन सहरी तथा भवन निर्माण चितवनका ईन्जिनियर रविन पाठकले बताए ।हाल वडा कार्यालय रहेको भवन साघुरो र कोठा अपुग हुनुको साथै पार्किङको समेत समस्या भएको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका थिए । कार्यक्रममा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, वडासदस्य लेखराज ढकाल, विजय पौडेल, सरिता सापकोटा, पूर्ववडासदस्य शुभद्रा तिमल्सिना, वडासचिव आमोद मैनाली, सञ्चारकर्मी, वडाबासी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*