नमूना प्रगतिको २४ औँ वार्षिक साधारणसभा सम्पन्न
हेटौंडा- हेटौंडा–२ मा अवस्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिबार संस्थाका अध्यक्ष मीठाराम दाहालको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको होे ।सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷८१ मा ४२ करोड ४ लाख ५६ हजार ८९४ रुपैयाँको कुल कारोबार गरेको र चालु आर्थिक वर्षमा ४८ करोड बराबरको कारेबार गर्ने लक्ष्य रहेको संस्थाका ब्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए । २ हजार ५ सय ९२ जना सदस्य रहेको संस्थामा २ करोड ८५ लाख ६३ हजार दुई सय रुपैयाँ शेयरपुँजी रहेको र सहकारी संस्थाले सदस्यलाई २९ करोड ९० लाख ४ हजार ५२२ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका ऋण प्रमुख लेखनाथ लम्सालले बताए ।
लम्सालले सहकारीमा ३२ करोड ८२ लाख ४५ हजार ४०४ रुपैयाँ बचत निक्षेप रहनुका साथै जगेडाकोषमा ३ करोड २९ लाख ७४ हजार ४२९ रकम रहेको बताए । साधारणसभाको अवसरमा सहकारीले विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको थियो । पुरस्कृत हुनेमा जेष्ठ सदस्यतर्फ हरिप्रसाद सिग्देल र गोमादेवी भण्डारी, उत्कृष्ट बचतकर्तातर्फ मीनबहादुर प्रधान, प्रतिभा लम्साललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट ऋणी (धितो सुरक्षण) चिन्तालक्ष्मी अधिकारी, शर्मिला थापा, विष्णुप्रसाद पराजुली र वीरबहादुर न्यासुर, उत्कृष्ट व्यवसायी (पशुपालन) तर्फ सीताराम तिमल्सिना र उत्कृष्ट बालबचतकर्ता तर्फ अनुष्मा रिमाल र श्रृयांश्री खतिवडालाई सम्मान गरिएको थियो ।
त्यस्तै सहकारीले २०८० सालको एसईइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फका प्रसन्न चौलागाई, निजी विद्यालयतर्फका स्पन्दन दाहाल, प्रतिष्ठा कार्कीलाई र प्लस टु परीक्षामा उत्कृष्ट हुने निश्चित घिमिरे र पूर्णिमा सञ्जेललाई नगद सहित पुरस्कृत गरिएको थियो । त्यस्तै स्नातकतर्फ सुस्मिता तिमल्सिना, आदर्श लामिछाने, विपना चौलागाई, प्रमिसा पौडेल, प्रमिस पौडेललाई र स्नातकोत्तरतर्फका आश्मा शर्मा पौडेललाई नगद सहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै सहकारी संस्था ऋणप्रमुख लेखनाथ लम्साललाई उत्कृष्ट कर्मचारीको रुपमा कदरपत्र सहित सम्मान गरिएको थियो । साधारणसभाकै अवसरमा पत्रकारितामार्फत सहकारी क्षेत्रको विकासमा योगदान पु¥याएवापत समृद्धसमाज दैनिकका प्रधानसम्पादक सुरेश श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । साधारणसभामा संस्थाका उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्र्रसाद लम्साल, बागमती प्रदेश सहकारी विकास वोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी उपाध्यक्ष मीनाकुमारी चौरेल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेशप्रमुख रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो
साधारणसभाले संस्थाका अध्यक्ष दाहालले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन सहितको भाबी नीति तथा कार्यक्रमका साथै कोषाध्यक्ष केशवप्रसाद देवकोटाले प्रस्तुत गरेको गत आथिक वर्षको बित्तीय विवरण र चालु आर्थिक वर्षको लागि अनुमानित बजेट अनुमोदन गरेको छ । सहकारी संस्थाले हेटौंडा–२ मा रहेको मूख्य कार्यालय र हेटौंडा–१७ मा रहेको सदस्य सेवाकेन्द्रमार्फत् सदस्यलाई सेवाप्रदान गर्देै आईरहेको छ । संस्थामा हाल ६ जना कर्मचारी कार्यरत छन् ।







