पालुङ बहुउद्देश्यीय सहकारीद्वारा सहुलियत पसल संचालन

साझाकुरा
२०८१ आश्विन ४, शुक्रबार १०:४०

हेटौंडा-थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य तथा उपभोक्तावर्गलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।थाहा नगरपालिका उपप्रमुख भरत गोपालीले एक कार्यक्रम बीच सहुलियत पसलको औपचारिक उद्घाटन गरेका छन् । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्टले बताए । उनले आफ्नो सेवा बिस्तार गर्ने क्रममा खरिद मूल्यमा थोरै मार्जिन राखेर साल्ट ट्रेडिङकै रेटमा उपभोक्तालाई दैनिक उपभोग्य सामान उपलब्ध गराइने जानकारी दिए ।

संस्थाका उपाध्यक्ष अरुण रायमाझीले साल्ट ट्रेडिङको आधिकारीक बिक्रेता भएको हुँदा कालिमाटीकै मूल्यमा सामान बिक्री गरिने बताए ।थाहानगर उपप्रमुख गोपालीले थाहाका उपभोक्ताले सुलभ मूल्यमा सामान पाउनु खुशीको कुरा भएको बताउँदै शुलभ सहित गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए । यसअघि कोरोना महामारीको समयमा पनि थाहा नगरपालिकामा खाध्यान्न संकट टार्न यस्तै सहुलियत खाद्यान्न बिक्री केन्द्र संचालन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*