मकवानपुरमा निस्टाको तदर्थ समिति गठन

साझाकुरा
२०८१ आश्विन ७, सोमबार १०:०५

हेटौंडा- नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को मकवानपुर जिल्ला तदर्थ समिति गठन गरिएको छ ।नेपाली कांग्रेसको भातृसंस्थाको रुपमा मान्यता पाएको निजी तथा संस्थागत विद्यालयमा काम गर्ने शिक्षकको संस्था नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को पहिलोपटक शनिवार हेटौंडामा एक कार्यक्रमबीच तदर्थ समिति गठन गरिएको हो । समितिको अध्यक्षमा गोपालप्रसाद खतिवडा संयोजक रहेका छन् ।

यस्तै, सात सदस्यीय तदर्थ समितिको सदस्यमा शोभा गुरुङ, रचना बज्राचार्य, स्वस्तिका दाहाल, सुमंगला श्रेष्ठ, आयुष सुवेदी र सदस्य सचिवमा युवराज विश्वकर्मा रहेका छन् । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, निस्टाका केन्द्रीय महासचिव सुदीप बर्तौला, कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सचिव भीमसेन महत, कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम् अनुशासन समितिका संयोजक प्रभात दाहाल लगायतको उपस्थितिमा समिति गठन गरिएको हो ।

पार्टी सभापति लामाले संस्थागत विद्यालयमा काम गर्ने नेपाली कांग्रेसमा आस्था राख्ने शिक्षकलाई सहभागी गराउँदै पेशागत मर्यादासँगै आफ्नो हकहितका लागि पनि एकजुट भएर लाग्न आग्रह गरे । केन्द्रीय महासचिव बर्तौलाले जिल्लामा विभिन्न निजी तथा संस्थागत विद्यालयमा कार्यरत लोकतान्त्रिक विचारधारा बोकेका शिक्षकशिक्षिकालाई एकतबद्ध गर्दै उनीहरुको क्षमता अभिवृद्धिसँगै आवश्यकता पर्दा हकहितका विषयमा आवाज उठाउने उद्देश्यले निस्टाको जिल्ला समिति गठन गरिएको बताए ।

तदर्थ समितिका संयोजक खतिवडाले विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्दै पार्टी र संगठनलाई एकाकार गराउन भूमिका खेल्ने बताए । उनले लोकतान्त्रिक विचारमा आवद्ध हुन चाहने शिक्षकशिक्षिकालाई समेटेर छिट्टै एउटा बृहत भेलाको आयोजनाबाट जिल्ला समितिलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*