अख्तियार हेटौंडाले घुससहित समात्यो नगरका हाकिम

साझाकुरा
२०८१ कार्तिक ९, शुक्रबार १०:०६

हेटौंडा-अख्तियार दुरुपयोग अनुसन्भान आयोगको कार्यालय हेटौंडाले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको टोलीले उनलाई बिहीबार ७८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

एक योजनाको बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग लिइरहेको ७८ हजार घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।निमित्त प्रशासकीय अधिकृत साह सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका–४ वडा कार्यालय नजिक बाटोबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*