दिव्यतारामा कुनै समस्या छैन, हुन पनि दिँदैनौंः संरक्षक डीना

साझाकुरा
२०८१ कार्तिक ११, आईतवार १०:०२

हेटौंडा- नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले केही सहकारीमा भएको अनियमितताको कारण सर्वसाधारण बचतकर्ताहरु आत्तिएको बताएकी छिन् ।शनिबार दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सहकारीले उद्देश्य अनुसारको ऋण सदुपयोग भएनभएको हेर्नुपर्ने सुझाव दिइन् । दिव्यतारा सहकारीको संस्थापक अध्यक्ष समेत रहेकी डीनाले दिव्यतारा सहकारीमा कुनै समस्या नरहेको र समस्या आउन पनि नदिने प्रतिबद्धता जनाएकी छन् ।

आफ्नो सहकारीको नाम समेत जोडेर केही अफवाह फैलाएको पाइएको बताइन् ।‘देशको विभिन्न स्थानमा सहकारीको बचतकर्ता पीडित भइरहेको अवस्थामा केही तत्वले हाम्रो दिव्यतारा सहकारीको नाम पनि जोडेर विभिन्न अफवाह फैलाएको पाएको छु । दिव्यतारा सहकारीमा कुनै अपचलन थिएन र हुन पनि दिन्नौं’, उनले भनिन् । बहुक्षेत्रमा काम गर्ने पवित्र उद्देश्यसहित करिब ३ दशक अघि दिव्यतारा स्थापना गरिएको स्मरण गर्दै उनले आफू रहुञ्जेल कुनै अनियमितता हुन नदिने ठोकुवा गरिन् । ‘बहुउद्देश्यीय सहकारीको मर्मअनुरुप काम गरिरहेका छौं । कसैले कुदृष्ट्री राख्दैमा दिव्यतारा सहकारी सक्किँदैन’, उनले भनिन्, ‘कुनै बचतकर्तालाई अप्ठ्यारो पार्ने काम हामीबाट हुँदैन ।’

सहकारीका अध्यक्ष डा.गणेश बल लामाको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटनमा सहकारी बोर्ड बागमती प्रदेश उपाध्यक्ष नारायणप्रसाद देवकोटा, हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाअध्यक्ष सबिन न्यौपाने, हेटौंडा उपमहानगरपालिका–१६ नम्बर वडाअध्यक्ष रामकृष्ण कोइराला, समस्याग्रस्त सहकारी समाधान समितिका प्रदेश सदस्य यतीराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, दिव्यताराद्वासा सञ्चालित रेडियो मकवानपुरका सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दिब्यताराले मकवानपुर, चितवन, ललितपुरका बिभिन्न क्षेत्रमा ११ वटा सेवाकेन्द्र साथपना गरी १० हजार ८ सय २९ सदस्यलाई सेवा प्रदान गरिरहेको छ । १२ करोड ३८ लाख ७० हजार रुपैयाँ सेयरपूजी भएको यो सहकारीले एक करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । साधारणसभामा सहकारीका ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट वचतकर्तासहित विभिन्न विधाका उत्कृष्ट सदस्यलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*