बागमती गाउँपालिकाबिरुद्धको रिट खारेज

साझाकुरा
२०८१ कार्तिक २२, बिहीबार १०:१०

हेटौंडा- मकवानपुरको बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमाथि परेको रिट खारेज भएको छ । २१ कार्तिकमा उच्चअदालत पाटन हेटौंडा ईजलाशका न्यायधीशहरु शान्ति सेढाई सापकोटा र सानुमैया डंगोलको संयुक्त इजलासले रिट खारेज भएको फैसला गरेको हो ।गत असारमा गाउँपालिका अध्यक्ष सर्केश घलान र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानविरुद्ध परेको उत्प्रेषण परमादेश मुद्दा खारेज भएको हो ।

चालू आर्थिक वर्ष २०८१÷८२ का लागि गाउँपालिकाले ल्याएको बजेट रोक्न गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिनासहित बागमती–९ का वडाअध्यक्ष पुनराम घलान, ८ का वडाअध्यक्ष ईन्द्रमणि तिमल्सिना, र ७ नम्बरका वडाअध्यक्ष उत्तरबहादुर भोलनले अदालतमा रिट दर्ता गराएका थिए ।

बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमाथि जनप्रतिनिधिबीचको विवाद अदालतमा पुगेको थियो । रिट निवेदनमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ बमोजिम स्थानीय राजश्व परामर्श समिति दफा ६६ को श्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति र दफा ६७ बमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा समितिको गठन नै नगरी गैरकानुनी ढंगबाट नीति, कार्यक्रम र बजेट ल्याउन लागिएको दाबी गरिएको थियो ।

ऐनको दफा ६७ ले बजेट तथा कार्यक्रम तर्जुमा समितिको व्यवस्था गरी दफा ६६ वमोजिम निर्धारण भएको आयको प्रक्षेपण र वितरणको खाका र बजेट तथा कार्यक्रम तर्जुमा गर्न भनी उपाध्यक्ष कै संयोजकत्वमा वजेट कार्यक्रम तर्जुमा समितिको व्यवस्था गरेको रिट निवेदनमा दाबी गरिएको थियो । १० असारमा नीति, कार्यक्रम ल्याउँदाउपाध्यक्षसहित वडाअध्यक्षहरु गाउँपालिका कार्यालयभित्र धर्नामा बसेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*