भीमफेदीमा करेन्ट लागेर एक सैनिकको मृत्यु, दुईजना घाइते

साझाकुरा
२०८१ कार्तिक २३, शुक्रबार ०९:२७

हेटौंडा- मकवानपुरको भीमफेदी गाँउपालिका–८ दोभानस्थित सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत् एकजना नेपाली सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।करेन्ट लागेर डडेलधुरा गन्याधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बिहीवार वेस क्याम्पसमा संचारउपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन लाइनको तारमा पाईपले छुँदा दियाललाई करेन्ट लागेको प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दियालको शव पोष्टपार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाइएको छ ।

वेस क्याम्पसमै कार्यरत् डडेलधुरा अमरगढी नगरपालिका–२ घर भएका लेसनायक २९ वर्षीय विनोद केसी, पाल्पाको रामपुर नगरपालिका–६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि हेलिकप्टर मार्फत् आर्मी अस्पताल छाउनी पठाइएको डिएसपी अर्यालले बताए । उनका अनुसार केसी र कुमालको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*