अटो चलाएर परिवार पाल्दै दुर्घटनामा खुट्टा गुमाएका बस्नेत
हेटौंडा- इन्द्रबहादुर बस्नेत एकाबिहानै झिसमिसेमा उठ्छन् । सबेरै उठ्नु बस्नेतको बानी हो । बिहान उठ्नासाथ उनी हातमुख धोएर भान्सामा चिया बनाउन थाल्छन् । एउटा खुट्टा कृर्तिम हालेका बस्नेत जीबनमा सवला· मानिस झैं साहसिक काम गरिरहेका छन् । कृर्तिम खुट्टाकै मद्दतले घरको सामान्य कामदेखि अटो चलाउछन् उनी । हेटौडा उपमहानगरपालिका–३ बसामाडी, नर्सिङडाँडा निवासी ४२ वर्षीय बस्नेतका दिनहरु कहिल्यै सहज बितेनन् । उनी बि.सं. २०५९ सालमा सशस्त्र प्रहरीमा भर्ना भए । सशस्त्र प्रहरीका रुपमा काम गर्दै गर्दा उनले जीवनको विभिन्न रंगहरु अनुभव गरे । तर, उनले देशमा चलिरहेको जनयुद्धको चपेटामा परेर २०६३ सालमा जागिर छोड्नुप¥यो ।
त्यसपछि उनले ट्रक चलाउन सिके, जीवनको नयाँमार्गमा पाइला टेके ।तर, काठमाडौंबाट हेटौंडा फर्कंदै गरेको एक दुर्घटनाले उनका सपनालाई ध्वस्त पारिदियो । दुर्घटनामा उनले आफ्नो खुट्टा गुमाए, जसले उनको जीवनको गतिको धार नै बदलिदियो । २०७४ साल साउन २७ गते धादिङ जिल्लाको जोगीमारामा भएको दुर्घटनाले उनको जीबनमा कालो बादल मडारियो र सबै सपना तहसनहस बनायो । उनका सपनाहरु केहीबेरमै सिसा जस्तै फुटे ।
बस्नेतलाई शारीरिक अपा·तासँगै जीवनप्रति बैराग लाग्नथाल्यो । ‘मर्नुभन्दा बौलाउनु निको’ भनेझैँ अपा·ता भएपनि उनले हिम्मत हारेनन् बरु आफूलाई सम्हाले । परिवारको जिम्मेवारी र घरले जा र वनले आइज भन्ने अवस्थाका बाबु, बालबच्चाहरुको भविष्यका लागि उनले हिम्मत हार्न सकेनन् । बाँकी रहेको जीवनमा केही गर्नुपर्छ भनेर दम्य साहस बटुले ।
बीमाबाट आएको दुई लाख र ट्रक साहुले दिएको एक लाख रुपैयाँको सहायताले उनले किस्तामा अटो निकाले, अनि चलाउन थाले । एउटा खुट्टा नहुँदा पनि उनले जीवनका चुनौतीलाई स्वीकार गरे । यात्रुले उनको अटो चढ्न हिच्किचाउने गरेको उनले गुनासो पोखे । बस्नेतले ती कुराहरुको वास्ता नगरी आफ्नो कामलाई निरन्तरता दिइराखेको बताए । ‘अटो चलाएर दिनमा १५ सयदेखि दुई हजार रुपैयाँसम्म कमाउँछु र यही रकमबाट आफ्नो परिवारको गुजारा चलाइराखेको छु’ उनले भने ।
‘अटो चलाउन सवारी चालक अनुमतिपत्र चाहिन्छ, हामी जस्ता अपा·ता भएका व्यक्तिलाई सवारीचालक अनुमतिपत्र दिने प्रावधान रहेनछ । मैले धेरैपटक प्रयास गरेँ तर, लाइसेन्स पाइनँ । ट्राफिक प्रहरीहरुले मेरो अवस्थाको कारण सहानुभूति देखाएर अहिलेसम्म छोडिराखेका छन् ।’ उनले पीडा पोखे । ‘कैयौँपटक सवारीचालक अनुमतिपत्र बनाउँछु भनेर म यातायात कार्यालय गएको छु, कर्मचारीहरुले अपा·ता भएका व्यक्तिलाई दिने प्रावधान नभएको बताउँदै आफूहरुले नियमबिपरित बनाइदिए जागीर नै जान्छ भन्दै उल्टो गुनासो सुन्छु अनि फर्कन्छु’ उनले निन्याउरो अनुहार बनाउँदै थपे ।
बस्नेतलाई अब अटो चलाउन छोडेर कपडा पसल गर्न मन छ । अटो चलाएर हिंड्न अलि गाह्रो हुने र अटोमा भनेजस्तो कमाई नहुने हुँदा उनलाई कपडा पसल खोल्न मन लागेको बस्नेत सुनाउँछन् । इन्डियाबाट सस्तोमा कपडा ल्याएर एउटा कपडा पसल खोली थोरै नाफामा कपडा बेचेर बस्ने उनको रहर छ रे । बस्नेतको परिवारमा ८९ वर्षीय बुवा, श्रीमती र एक छोरा छन् । छोरा कक्षा १२ मा अध्ययनरत छन् ।
८९ वर्षीय बाबु विगत एक वर्षदेखि थलापरेर खाटमै छन् । खुट्टा नचल्ने समस्या भएको कारण बालाई खाटमै दिशापिसाब गराउनु पर्छ । ईन्द्रको श्रीमती गृहिणी हुन् । उनको कुनै कमाई छैन । चारजना परिवार पाल्नका लागि आफूलाई काम गर्नैपर्ने बाध्यता रहेको उनले बताए । आफू थलिएर बसेको बेला उनको घरको चुलो बल्न हम्मेहम्मे परेको सम्झदै बस्नेत भक्कानिए । यसर्थ उनलाई अपा·ताको बावजुद पनि कुनै न कुनै पेशा अँगालेर घर चलाउनै पर्ने बाध्यता छ ।
बस्नेतको संघर्ष यहाँ रोकिन्न । उनी सामाजिक कार्यमा पनि संलग्न छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा रहेको बालउज्ज्वल टोल विकास समितिका अध्यक्षका रुपमा उनले आफ्नो समुदायका लागि काम गर्दै आएका छन् । राष्ट्रिय अपा· महासंघ नेपालमा आवद्द भयर उनले सीप सिक्दै अन्य अपा·ता भएका व्यक्तिहरुसँग आफ्नो अनुभव साटिरहेका राष्ट्रिय अपा· महासंघ बागमती प्रदेशअध्यक्ष अश्विन लम्सालले जानकारी दिए । यसरी बस्नेत संघ–संस्थामा जोडीएर विभिन्न कार्यक्रममा सहभागी भई अरुलाई जीवनका चुनौतीहरुसँग जुध्न सिकाउँदैछन् ।
अपा·ता जीवनको अन्त्य होइन, यो त नयाँ शुरुवात हो । कठिनाइहरुमा हार नमान्न र जीवनको प्रत्येक पलमा सकारात्मकता खोज्नुपर्ने कुराको उनी एक ज्वलन्त उदाहरण हुन् । संघर्ष र साहसले बनेको यो कथा उनको मात्र होइन, हामी सबैको हो—हिम्मत नहार्ने र जीवनलाई नयाँदिशामा लैजाने एक प्रेरणा हो ।







