१६२ किलो लागुऔषध गाँजासहित एक युवक पक्राउ
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले १६२ किलो लागुऔषध गाँजासहित एकजना युवकलाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा लागुऔषध गाँजासहित एकजना पक्राउ परेका हुन् ।मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नंबरको योद्दा पिकअप गाडीलाई रोकी गाडीको चालक काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१२ बस्ने २९ वर्षीय किरण वाग्लेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
खानतलासी गर्दा गाडीको पछाडिको भागमा खाली प्लाष्टिकको क्रेटहरु मुनी लुकाई राखिएको अवस्थामा १६२ किलो ५ सय ८० ग्राम लागूऔषध गाँजा फेला परेको र लागूऔषध, योद्दा गाडी सहित निज वाग्लेलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको डिएसपी अर्यालले बताएका छन् ।







