ऋषेश्वरमा घुईँचो
हेटौंडा- मकवानपुरको थाहानगरपालिका दामनस्थित चर्चित धार्मिकस्थल ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशी पर्वका अवसरमा धर्मावलम्बीहरुको घुईँचो लागेको छ ।मेलामा थाहा नगरपालिकालगायत मकवानपुर, धादिङ, चितवन, काठमाडौं, बारा, पर्सा, काभ्रे तथा तिब्बतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन मेला भर्न आएका छन् । मन्दिर परिसरमा बाबियोको डोरीमा फूलपाती राखेर ‘फूल तार्ने’ प्रचलन रहेको छ । ऋषेश्वर महादेवको दर्शन गरे मनले चिताएको कुरा पुरा हुने र छोरा मागे पाइन्छ भन्ने विश्वास छ ।
पहराको बीचमा महादेबले त्रिशुल घोप्दा पानी निस्किएको किम्बदन्ती छ । हिन्दुहरुको आराध्यादेव ऋषेश्वर महादेव तथा वौद्ध समुदायको आस्थावान गुरु रिम्पोक्षेले तपस्या गरेको स्थान पनि यही हो । यहाँ हिन्दु र वौद्ध दुबै समुदायका भक्तजन सहभागी हुने गरेका छन् । एकादशीको अवसरमा २६ कार्तिक साँझबाटै ऋषेश्वर परिसरमा भक्तजनहरु जाग्राम बसेका थिए ।







