ट्यांकरको टायर पड्किएर ग्यारेज सञ्चालकको मृत्यु

साझाकुरा
२०८१ कार्तिक २८, बुधबार १३:३८

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा पेट्रोलियमपदार्थ ढुवानी गर्ने ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ । मंगलबार मध्यरातमा मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोलियमपदार्थ बोकेको टयांकरको टायरबाट हावा गएको थियटायर खोलेर मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकोछ । हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित ग्यारेज सञ्चालक भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाजको मृत्यु भएको प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

टायर विस्फोटपछि गम्भीर घाइते भएका मोहम्मदको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार उनको टाउको र शरीरको बायाँतर्फ गम्भीर चोट लागेर घाइते भएपछि उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजका चिकित्सकले मंगलबार राति नै मृतघोषणा गरेको डिएसपी अर्यालले बताए ।घटनामा ग्यारेजमा कार्यरत पर्साको धोबिनी गाउँपालिका–२ का १८ वर्षीय जाबिर हवारी, मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्यांकर चालक हेटौंडा–११ नवलपुरका ३९ वर्षीय देवान लामा, अर्का ट्यांकर चालक धादिङको धुनिबेशी नगरपालिका–२ भञ्ज्याङ पोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौंडा–११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ का लक्ष्मण थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चारजना हेटौंडामा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । मधेश प्रदेश ०३–००२ख ०३०० नम्बरको ट्यांकर चालक देवान लामाको स्वास्थ्य अवस्था मध्यम रहेको डिएसपी अर्यालले जानकारी दिए । उनको हेटौंडा–११, स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*