३१ किलो गाँजासहित रातोमाटेबाट २ जना पक्राउ

साझाकुरा
२०८१ कार्तिक ३०, शुक्रबार ११:४०

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रतिबन्धित लागूऔषध ३१ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।रातोमाटे चेकपोईन्ट स्थित पूर्वपश्चिम राजमार्गमा मनहरीबाट पथलैयातर्फ जाँदै गरेको ना १ ह ८३२४ नंबरको अटोबाट ३१ केजी १२० ग्राम लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरिएको हो ।

रातोमाटेबाट अटोचालक मकवानपुर मनहरी गाउँपालिका–७ प्याङ्चे बस्ने ३३ वर्षीय शंकर स्याङतान र सोही आटोमा सवार सोहीस्थानका ४० वर्षीय रामशरण प्रजालाई शंका लागी उनीहरुको शरीर तथा अटोसमेतको खानतलासी गर्दा अटोभित्र लुकाईछिपाई ल्याइएको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*