गरिबी निवारण बचतको २४ औं साधारणसभा

साझाकुरा
२०८१ मंसिर २, आईतवार ११:५७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६ हात्तिलेटस्थित गरिबीनिवारण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।६ नम्बर वडाका वडाअध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले आर्थिक वर्ष २०८१÷८२ को लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने सचिव शरदकुमार श्रेष्ठले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदनअनुसार संस्थाको कुल सेयर पुँजी १ करोड १ लाख रूपैयाँ रहेको छ । ७ करोड ३६ लाख ऋण लगानी रहेको यस संस्थाको बचत संकलन ७ करोड ५० लाख रहेको छ । यस सहकारीमा ५ सय २० पुरुष र ४ सय ९२ महिला शेयर सदस्य गरी कुल १ हजार १२ सदस्य संख्या रहेको विवरण पुस्तिकामा उल्लेख छ । कार्यक्रममा ५ जना बयोवृद्ध शेयर सदस्य, असलऋणी, नियमित बचतकर्ता, स्थापनाकालदेखि हालसम्म बचत फिर्ता नलिने सदस्य, नियमित बचतकर्ता, खुत्रुके बचतकर्तालाई सम्मान गरिएको थियो ।

त्यस्तै, एसईई परीक्षामा उच्चजिपिए ल्याउने विद्यार्थीलगायत उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, जिल्ला सहकारी संघका प्रतिनिधिलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*